नियम ८
कर्मचारी खटाउने
(१) नेपाल सरकार तथा सेवा सञ्चालन गर्ने निकायले नियम ७ बमोजिम स्वीकृत भएको प्रदेश र स्थानीय तहको सङ्गठन संरचना तथा दरबन्दीमा समायोजन नभएसम्मका लागि कर्मचारी खटाउँदा ऐनको दफा ११ बमोजिम सरकारी सेवाका कर्मचारीलाई कामकाज गर्न खटाउनेछ ।
(२) उपनियम (१) बमोजिम खटाईएको कर्मचारीको पदाधिकार सेवा, समूह सञ्चालन गर्ने निकायको पुल दरबन्दीमा रहनेछ ।
(३) उपनियम (१) बमोजिम खटिएको कर्मचारीले निजको सेवा शर्तसम्बन्धी प्रचलित कानून बमोजिम पाउने पारिश्रमिक र सुविधा पाउनेछ ।
(४) यस नियम बमोजिम कर्मचारी खटाउँदा ऐनको दफा ५ बमोजिमको आधारमा खटाइनेछ ।
(५) यो नियमावली प्रारम्भ हुनुभन्दा अघि प्रदेश र स्थानीय तहमा खटाइएको कर्मचारी यसै नियमावली बमोजिम खटाइएको मानिनेछ ।